काठमाडौँ । अहिले हमास र इजरायलबीच युद्ध जारी छ।
हमासले गाजाबाट इजरायलमा आक्रमण गरिरहेको छ भने इजरायलले गाजातर्फ हमला गरिरहेको छ।


ऐतिहासिक रूपमा गाजा पट्टी ओटोमन साम्राज्यमा समावेश थियो।
तर १९१८ पछि यो क्षेत्र ब्रिटिस साम्राज्यको नियन्त्रणमा आयो जुन सन् १९४८ सम्म जारी रह्यो।
त्यसपछि यो क्षेत्र सन् १९६७ सम्म इजिप्टको कब्जामा रह्यो। तर सन् १९६७ मा मध्यपूर्व युद्धपछि यो क्षेत्र इजरायलको नियन्त्रणमा आयो।

यसपछि सन् २००५ मा इजरायलले आफ्नो सेना र ७ हजार बासिन्दालाई यस क्षेत्रबाट फिर्ता लिएको थियो।
यो क्षेत्र सन् २००७ देखि हमासको नियन्त्रणमा छ।
गाजा इजरायल र भूमध्य सागरको बीचमा अवस्थित भूमिको टुक्रा हो।
यो प्यालेस्टाइनका दुई भागमा विभाजित क्षेत्रमध्ये एक हो।
प्यालेस्टाइनको अर्को भागलाई वेस्ट बैंक भनिन्छ।

नेपाल कर्म । २४ आश्विन २०८०, बुधबार १०:४२