सुर्खेत । प्रदेश अस्पताल कालागाउँ सुर्खेतका निर्देशक प्रा.डा. डम्बर खड्कालाई सम्मान गरिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रा.डा. खड्कालाई स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गरेपछि सरकारले सम्मान गरेको हो।


विश्व मानसिक स्वास्थ्य दिवस तथा राष्ट्रिय सेतो कोट दिवसको अवसरमा खड्कालाई सम्मान गरिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंगलबार (असोज २३) गते काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा खड्कालाई सम्मान गरिएको थियो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नगदसहित प्रसंशा पत्र र खादा ओडाएका थिए।
प्रा.डा खड्काले अस्पताल क्षेत्रमा आफुले अरु भन्दा फरक र उत्कृष्ट काम गरेकोले सरकारले यसरी सम्मान गरेको बताए। उनले भने, ‘कुनै क्षेत्रमा काम गर्दै जादा कहिलेकाही आफुले गरेको काम उत्कृष्ट हुने रहेछ। यो मुल्याङ्कन गरेकोमा मन्त्रालयलाई आभार व्यक्त गर्न चाहान्छु।’

नेपाल कर्म । २३ आश्विन २०८०, मंगलवार १८:३५