कालीकोट । कालीकोटबाट आगूऔषधसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कालीकोटले उनिहरुलाई पक्राउ गरेको हो।
खाडाचक्र नगरपालिका–२ जितेगडाबाट सदरमुकाम मान्मतर्फ जाँदै गरेको भे १ च ४३९१ नम्बरको बोलेरो गाडीलाई प्रहरीले चेकजाँच गरेको थियो।
कालीकोटको हुल्मा पोष्ट नजिकै ३ जनाको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतको बहराइज मोतीपुर बस्ने अभिषेककुमार कस्यापबाट लागूऔषध फेला पारेको थियो।


अभिषेककुमार कस्यापको झोलाबाट कालो पलाष्टिकमा धागोले बाँधेर राखेको लागूऔषध (ब्राउनसुगर) जस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरेको थियो।
प्रहरीले लागूऔषधसहित अभिषेककुमार कस्याप र अन्य शंकास्पद २ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कालीकोटमा राखिएको छ।

नेपाल कर्म । २३ आश्विन २०८०, मंगलवार १४:२५