सुर्खेत । पूर्व राजा ज्ञानेन्द्र शाहले देशको भलो चिताएर जनताको हितमा काम गर्नु नै सबैको राष्ट्रिय दायित्व भएको बताएका छन्। शनिवार कर्णालीको राजधानी वीरेन्द्रनगरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यो दायित्वमा निरन्तर सङ्गठित र व्यवस्थित भएर लाग्नु नै प्रजातान्त्रिक पद्धति भएको बताए।
पूर्व राजा शाहले मुलुकको राज्य व्यवस्थालाई जुन शब्दले सम्बोधन गरे पनि देश, जनता, समाज, समुदाय र समूहको सर्वोत्तम सेवा र सम्मान गर्नु नै रहेको बताए।
उनले भने, ‘लोकतन्त्र, जनतन्त्र, गणतन्त्र, समाजवाद, जनवाद, विज्ञानवाद, वैज्ञानिक वाद, भौतिकवाद आदि जे जे शब्द भने पनि मूल कुरा देश, जनता, समाज, समुदाय र समूहको सर्वोत्तम सेवा र सम्मान नै हो। विश्वव्यापी प्रचलनमा रहेको आधुनिक प्रजातन्त्रको सही अर्थ जनतालाई केन्द्रमा राखेर सुशासन र विकास नै हो।’


राष्ट्रवाद फस्टाउनलाई राष्ट्रप्रेमको खाँचो हुने उनको भनाई थियो। ‘नेपालको पीर मर्का बुझ्न नेपाली मनले मात्र सक्छ। अब हामी भन्छौं, मिलौं। हामी सबै मिलौं,’ पूर्वराजा शाहको आग्रह थियो, ‘त्यसैले हामी भन्दछौं, जुटौं। हामी सबै एक भएर जुटौं। त्यसैले हामी भन्दछौं, हामी नफुटौं। परस्परमा सहकार्य गरेर विकासको निम्ति डटौं। त्यसैले फेरिपनि भन्छौं, जुटौं, खटौं र डटौं।’
भिडिओ :

नेपाल कर्म । १३ जेष्ठ २०८०, शनिबार १७:३२