इजरायलले गाजामा विजुली, खाना, पानी र औषधि सबैमा लगायो रोक

 एजेन्सी । इजरायलले गाजामा पूरा घेराबन्दी गर्दै विजुली, पानी, खाद्यन्न र इन्धनको आपूर्ति रोकिदिएको छ।



शनिबार बिहान हमासको आक्रमण सुरु भएपछि इजरायलले गाजामा खाद्यन्न र औषधिसहित सबै इमरजेन्सी वस्तुको सप्लाई रोक्ने निर्णय गरेको हो।

प्यालेस्टाइनी अधिकारीहरूले यदि आपूर्तिको अनुमति दिइएन भने गाजा स्ट्रीपमा नयाँ मानवीय संकट उत्पन्न हुने चेतावनी दिएका छन्। बीबीसीले गाजा पुरै भग्नावेसमा परिणत भएको जनाएको छ।

प्यालेस्टाइनी टावरलगायत महत्वपूर्ण आवासीय भवनमा इजरायलले मिसाइल आक्रमण गरेको छ।

बीबीसीका अनुसार इजरायली आक्रमणमा हालसम्म करिब ७०० जनाको मृत्यु भएको छ । र हजारौँ घाइते भएका छन्।

गाजा स्ट्रीपमा २३ लाख मानिसहरू बस्छन्। तीमध्ये ८० प्रतिशत मानिसहरू इजरायलसँग चलिरहेको दशकौँको तनावका कारण मुख्य रुपमा मानवीय सहायतामा निर्भर छन्।

गाजामा हमासको नियन्त्रण भए पनि यसको एयर स्पेस र समुद्री तटमा इजरायलको कब्जा छ। इजरायलको अनुमतिबिना गाजामा कुनै पनि सामान आपूर्ति हुन सक्दैन्।

तपाईको प्रतिक्रिया