कैलाली । नेकपा एमाले प्रथम सुदूरपश्चिम अधिवेशनबाट पदाधिकारी तथा सदस्यका लागि आज सहमतिको प्रयास जारी रहेको छ।
नेकपा एमाले निर्वाचन समितिले जारी गरेको निर्वाचन कार्यतालिका अनुसार आज मनोनयन दर्ता र मतदान कार्यसूची भए पनि अहिलेसम्म सहमतिको प्रयास जारी रहेको जनाइएको हो।
उम्मेदवारीका लागि धेरैले फारम लगेको तर दर्तापछि मात्रै को कुन पदमा दाबी गरेको हाे जानकारी हुने प्रदेश सचिव धर्मराज पाठकले बताए।

प्रदेश कमिटीका लागि सहमतिको प्रयास भइरहेको एमालेका सचिव पाठकले जानकारी दिए। यदि सहमति जुट्न नसकेको अवस्थामा निर्वाचन जनाइएको छ।

प्रदेश अध्यक्षका लागि अछामका कृष्ण प्रसाद जैशी र कमल तिमिल्सिना र बझाङका बचन सिंह आकांक्षी रहेका छन्।
निर्वाचन कार्यतालिकाअनुसार आज बिहान ७ देखि ९ः३० बजेसम्म उम्मेदवारी दर्ता, ११ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन तथा दिउँसो २ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने साँझ ५ बजेबाट मतदान सुरु हुनेछ।
आइतबार धनगढीमा भएको प्रथम अधिवेशनको उद्घाट्न अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए । उनले सहमतिमा नेतृत्व चयन गर्न आग्रह गरेका थिए।

नेपाल कर्म । २३ आश्विन २०८०, मंगलवार ११:२०