तपाई भित्र खुशी छैन भने तपाईसँग केही पनि हुँदैन : मनोविद रावत

सुर्खेत । अहिले विश्वमा मानिसहरुले प्रविधिसँगै आपूmलाई अभ्यस्त राख्न थालेका छन् । एउटा मोवाइलबाट विश्व सयर गर्न सकिने गरी प्रविधिले फड्को मारेको छ । मानिसहरु यतिसम्म व्यस्त हुन थालेका छन् । प्रविधिको विकाससँगै आफ्नै परिवारको बिचको दुरीसमेत बढेको छ । एउटै परिवारमा सँगै बस्दै आएका आमाबुवा, छोराछोरी बिच भौतिकरुपमा भेट भएपनि मानसिक रुपमा भेट हुनु, भलाकुसारी गर्नु, एकअर्काका अनुभुति साट्नु जस्ता क्रियाकलाप विस्तारै अलग हुँदै गएका छन् ।
मान्छे सुख र शान्तिको खोजिमा हरेक समय आफूलाई प्रयोग गरिरहेको छ । जस अनुरुप उसलाई धनसम्पत्तिसँगै शक्ति पनि प्राप्त भएको छ । तर, मान्छे किन खुशी छैन ?  हामीसँग भएको जे जति पनि भौतिक सम्पत्तिले क्षैणिक सुख आनन्द दिएको त छ तर, हामी किन खुशी छैनौं ? हामीलाई के कुुराले खुशी हुन दिएको छैन ?  विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा जीवनमा खुशी रहन हामीभित्र रहेका हर्मोनहरुले कसरी काम गर्दछन् भन्ने विषयमा कर्णाली प्रादेशिक अस्पताल सुर्खेतका मनोविद पूर्णबहादुर रावतसँग गरिएको कुराकानीको सम्पादति अंशः
खुशी के हो ? यो कसरी प्राप्त हुन्छ ?
यो संसारमा सबैभन्दा महत्वपूर्ण तपाई के मान्नु हुन्छ ? पैसा, पावर, घर परिवार, सम्पत्ति के होला जस्तो लाग्छ ? मेरो विचारमा संसारको सबै मान्छेको खोजीको विषय नै खुशी हो । त्यो खुशी प्रत्यक्ष होस् वा अप्रत्यक्ष होस् ।  यदि तपाईसँग खुशी नै छैन भने त्यो तपाईसँगको धनसम्पत्ति, पैसा, शक्ति, घर परिवार केही पनि काम लाग्दैन । त्यसैले खुशी हुन सबै मानिसलाई आवाश्यक छ । खुशी भनेको केहो र यो खुशी भन्ने चिज कहाँ छ आउनुहोस् यसको खोजीको बारेमा चर्चा गरौं । हाम्रो मष्तिस्कमा यस्ता चार प्रकारका रसायन उत्पादन हुन्छन् जसले गर्दा हामीलाई खुशी बनाउँदछन् । ति रसायनहरु हुन् डोपामाइन, अक्सिटोसिन, सेरोटोइन र एन्डोर्फिनन ।

१. डोपामाइन हर्मोन 



यो डोपामाइन कस्तो अवस्थामा उत्पादन हुँन्छ भने हाम्रो दिमागमा जब हामीले कुनै कार्य सम्पादन पूर्ण गर्छौं वा कुनै कार्य हाँसिल पश्चात त्यो बेला हाम्रो दिमागले डोपामाइन उत्पादन गर्छ र हामीलाई खुशीको अनुभुति हुन्छ ।

त्यस्तै मदिरा पिउँदा खुशी महशुस गछौं किन भने त्यो बेला दिमागले उच्च गुणस्तरमा डोपामाइन उत्पादन गर्छ त्यसबेला हामी खुशी महसुस गर्छौं । तर, हाम्रो दिमागले निरन्तर डोपामाइन हर्मन उत्पादन गर्न सक्दैन जसकाकारण हाम्रो दिमागमा डोपामाइन उत्पादनको लेभल घट्छ र हामीले त्यो बेला दुख फिल गर्दछौं । जस्तै रक्सी पिएको बेला दिमागले उच्च गुणस्तरमा डोपामाइन उत्पादन गरेको हुन्छ, तर त्यसको भोलिपल्ट त्यो डोपामाइनको तह घट्छ र डोपामाइन घटेका कारण गर्दा हामी ह्याङ फिल गछौं यसलाई हामीले डोपामाइन ह्याङओभर पनि भन्ने गरेका छौं ।

२. अक्सिटोसिन हर्मोन 

अक्सिटोसिन हर्मनसँग माया, ममता, संग सम्बन्धत छ । यसमा हामीलाई मन पर्ने मान्छे परिवारसँग बस्छौं । त्यो बेला हामीलाई सहज भएको महशुस  गर्छौ त्यसबेला ओक्सिटोसिन हर्मन उत्पादनका कारणले हामी सहज र खुशी महशुस गर्दछौं ।
त्यस्तै यौन सम्पर्कका बेलामा हाम्रो दिमागले अक्सिटोसिन हर्मन उत्पादन गर्छ, यस्तै बच्चा जन्मिएका बेलामा पनि आमाको दिमागमा अक्सिटोसिन हर्मन उत्पादन हुन्छ । त्यही भएर होला आमा बच्चासँग एकदमै नजिक हुन्छन् । त्यसैगरी कोहीसँग भौतिक रुपमा सम्पर्क भईसकेपछि अक्सिटोसिनका कारणले एक अर्कासँग बढी जोडिनु वा  स्नेहमा भरिएका हुन्छन् ।
३. सेरोटोनिन हर्मोन
सेरोटोनिन सम्बन्धसँंग सम्बन्धित छ । मान्छे प्रयाः जसो एक्लै हुन मन पराउँदैन । मानिस समूहमा बस्न रुचाउने प्राणी हो । जहीले पनि कुनै समूह वा परिवारका कुनै समुदायको भाग हुन मन पराउँछ ।
हामी कुनै समूहको भाग हुन पाउँदा हामीलाई एउटा छुट्टै प्रकारको सन्तुष्टिका साथै आरामदायी महशुस गर्दछौं । यसको प्रमुख कारण हो सेरोटोनिन ।
डिप्रेसन (उदासीपन) पनि सोझै सेरोटोनिनसँग सम्बन्ध राख्दछ । जबसम्म हाम्रो दिमागले सही मात्रामा सेरोटोनिन उत्पादन गर्दैन र हमीलाई डिप्रेसन हुन्छ । त्यसैले एन्टीडिप्रेसन्टले हाम्रो दिमागमा सेरोटोनिनको मात्रा बढाउने काम गर्दछ ।
सेरोटोनिनको कारणले हामीले अरुबाट कुनै प्रकारको प्रशंसा खोजी राखेका हुन्छौं, त्यही भएर हाम्रो फेसबुक, इष्टाग्राममा लाइक आएको बेला एक प्रकारको छुट्टै खुशी महशुस गछौं, जब हाम्रो फेसबुकमा आउदाको बखत के महशुस हुन्छ भने उनीहरुले हामीलाई अपनाएको महसुस हुन्छ । त्यसबेलाको प्रशंसाका बेला दिमागलेले सेरोटोनिन उत्पादन गर्दछ र हामीले खुशी महशुस गछौं ।
४. एन्डोर्फिनन हर्मोन 
यो शारिरीक तनाव र चिन्तासँग सम्बन्धित हुन्छ । जब तपाईले तीव्र गतीको धावक भन्ने सुन्नु भएको होला । जब कुनै व्यक्ति उच्च गतीमा दौडिन्छ, उ निश्चित गतीको दौडमा पुगीसकेपछि उसलाई कुनै पनि महशुस हुँदैन ।  त्यसबेला एउटा छुट्टै प्रकारको उच्च महशुस हुन्छ । यो किन हुन्छ भने जब हामीले हाम्रो शरिरलाई चरम स्तरमा धक्का मार्दछौं । त्यो बेला हाम्रो दिमागले एन्डोर्फिन हर्मोन उत्पादन गर्छ ।
यो एन्डोर्फिन मोफिन जस्तै तयार गर्दछ । मोफिन भनेको यो एउटा दुखाई निवारक हर्मोन हो । एन्डोर्फिनले पनि त्यस्तै कार्य गर्दछ । हामीले हाम्रो शरिरलाई कुनै शारिरीक व्याममा लगाउँछौं त्यसबेला दिमागले एन्डोर्फिन हर्मोन (एन्डोर्फिनले दुखाई कम गर्ने कार्य गर्छद) उत्पादन गर्दछ । जसले हामीले छुट्टै प्रकारको महशुस गर्दछौं ।
यिनै ४ प्रकारका खुशी बनाउँने हर्मोनले हामीलाई नियमन गर्दछ । यसमा डोपामाइन र एनडोर्फिन हर्मन अलि लत लाग्ने हुन्छन् । जब हाम्रो शरिरमा डोपामाइनको तह कमी हुने बितिकै दिमागले डोपामाइन सिर्जना माग गर्दछ ।  त्यही भएर मदिरा पिउँदा मद्यपानको लत लाग्ने सम्भावना उच्च रहन्छ । लागुऔषध खाँदा पनि लत बस्ने उच्च सम्भावना हुन्छ । यदि हामीले लामो समय आगुऔषध र मदिरा प्रयोग गर्दा हाम्रो शरिरले निरन्तर खोजी राख्दछ र त्यो पाएन भने उदास महशुस हुने खुशी कम हुने गर्दछ ।
त्यस्तै सेरोटोनिन पनि पूर्णरुपमा हाम्रो नियन्त्रणमा हुँदैन किन भने समाजले हाम्रो बारेमा के सोच्छ, कसरी उपचार गर्छ भन्नेमा निर्भर हुन्छ । यो लत नभए पनि पुर्णरुपमा हाम्रो नियन्त्रणमा हुँदैन यसका लागी अरुको भर पर्ने हुन्छ । तर, यहाँ निर अक्सिटोसिन पूर्ण रूपमा हाम्रो नियन्त्रणमा हुन्छ । कसैलाई माया गर्नु, कसैलाई विश्वास गर्नु भनेको हाम्रो आफ्नो भित्रको कुरा हो । यसलाई अरुले खासै महत्वपूर्ण प्रभाव पार्न सक्दैनन् । माया दुवै तर्फि हुँदैन एक तर्फि हुन्छ भनेपनि त्यो बेला हाम्रो दिमागले अक्सिटोसिन उत्पादन गर्दछ जसले हामी खुशी भएको महशुस गर्दछौं ।
तपाईको प्रतिक्रिया