सुर्खेत। गायक सुरज पण्डितको स्वरमा ‘जति टाले पनि’ बोलको गीत बजारमा आएको छ। रमेश दाहालको शब्द रहेको गीतमा सुरजले नै संगीत भरेका छन्। गीतले नेपालका दुर्गम बस्तीहरुको व्यथालाई उजागर गरेको छ। यातायातको सुविधा नहुँदा आजपनि कतिपय ठाउँमा दैनिक उपभोग्य सामान बोकेर नै लानुपर्ने अवस्था छ।

भारी बोकेर जीवन बिताइरहेका भुँइ मान्छे र मजदुर बर्गहरुको ब्यथालाई शब्दमा उतारिएको छ। वर्ष फेरिए पनि गरिबीका व्यथाहरु नफेरिएको मर्म गीतले बोलेको छ। ‘प्रत्येक समय उही ऋतुहरु फेरिरहन्छ्न् अनि उसैगरी नयाँ बर्षहरु आउँछन् जान्छन्।’ गायक सुरज लेख्छन् ‘नफेरिने त तिनै भुइँ मान्छेहरुका जीवनका कथाहरू हुन्।’


मारुनी स्टुडियोमा रेकर्ड गरिएको गीतमा कमल सौरागको संगीत संयोजन छ। गीत कुमार राणाले मिक्स–मास्टरिङ गरेका छन्। गीतको भिडियो ज्वाला प्रोडक्सन युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

नेपाल कर्म । २१ आश्विन २०८०, आईतवार १४:२२