मूर्ति चोरी मुद्दामा फरार प्रतिवादी पक्राउ

जुम्ला । जुम्लाबाट मूर्ति चोरी मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। सिँजा गाउँपालिका–२ रणुखाना बस्ने ३७ वर्षीय शंकर भन्ने किङकट राज शर्मालाई प्रहरी पक्राउ गरेको हो।



उनलाई वुद्धको म्रर्ति चोरी मुद्दामा ३५ हजार जरिवाना र ६ महिना २९ दिन कैद सजाय तोकिएपछि फरार रहेका थिए।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको ८ जनाको प्रहरी टोलीले घरबाटै पक्राउ गरी जिल्ला प्रहरी कार्यालय जुम्लामा ल्याई राखिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया