भेरीगंगाबाट ३ क्विन्टल चिनी बरामद

सुर्खेत । सुर्खेतको भेरीगंगाबाट प्रहरीले तीन क्विन्टल चिनी बरामद गरेको छ।



भेरीगंगा नगरपालिका–१० तोलीखोला स्थित ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको ८ जनाको प्रहरी टोलीले चिनी बरामद गरेको हो।

नेपालगञ्जबाट सुर्खेततर्फ आउदै गरेको बा २ ख १४०० नम्बरको फोर्स गाडीलाई चेकजाँच गरेको थियो।

उक्त गाडीमा प्रहरीले चेकजाँच गर्दा कुनै पनि बिल नभएको अन्दाजी ३ क्विन्टल चिनि बरामद गरेको हो।

तपाईको प्रतिक्रिया