एजेन्सी । इस्लामिक प्रतिरोध आन्दोलन (हमास) को रकेट आक्रमणका कम्तीमा १०० इजरायलीको मृत्यु भएको छ। इजरायली स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यम जनाएअनुसार आक्रमणमा परी कम्तीमा ७०० इजरायली नागरिक घाइते भएका छन्।

प्यालेस्टाइनी लडाकू समूह हमासले शनिबार इजरायलमाथि हवाइ, समुद्री र स्थल आक्रमण गरेको हो। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासको आक्रमणपछि उक्त समूहसँग युद्ध भइरहेको बताएका थिए।

यसैबीच, गाजाबाट प्राप्त समाचार अनुसार इजरायली हवाइ आक्रमणमा परी कम्तीमा १९८ जनाको मृत्यु हुनुका साथै एक हजार ६१० जना घाइते भएको गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ।

‘गाजापट्टीमा इजरायली हवाई आक्रमणमा परी कम्तीमा १९८ जनाको मृत्यु भएको छ भने एक हजार ६१० जना घाइते भएका छन्’,मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
हमासले यसअघि गरेको रकेट आक्रमणको जवाफमा इजरायली हवाई आक्रमण गरिएको हो।

नेपाल कर्म । २१ आश्विन २०८०, आईतवार १२:४२