सुर्खेत । अनेरास्ववियु जाजरकोटको अध्यक्षमा प्रकाशमान सिंह सर्वसम्मत चयन भएका छन्। अनेरास्ववियु जाजरकोटको १३औँ जिल्ला अधिबेशनबाट सिंहको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरिएको हो।

उपाध्यक्षमा रामु सिंह, सचिवमा छवि राना मगर सर्वसम्मत चयन भएका छन्।


यस्तै, सह–सचिव गणेश सिंह, कर्ण अधिकारी, खगेन्द्र शाही, ललित शाही, सूर्यविनायक मगर र कोषाध्यक्षमा प्रमिता केसीसहित ३३ सदस्यीय कमिटी चयन गरिएको अनेरास्ववियुका कर्णाली सह–संयोजक मिजाश मल्लले जानकारी दिए।

नेपाल कर्म । २० आश्विन २०८०, शनिबार १८:१३