सुर्खेत । प्रेस चौतारी नेपाल, सुर्खेतले अक्षयकोष स्थापना गर्ने भएको छ। चौतारीले स्वर्गीय पत्रकार डिलप्रकाश शर्माको सम्झनामा उक्त कोषको स्थापना गर्ने भएको हो।

केही महिना अगाडी बसेको प्रेस चौतारी नेपाल, सुर्खेतको बैठकले ‘डिल स्मृति क्रियाशील पत्रकारिता’ पुरस्कारका लागि अक्षयकोष स्थापना गर्ने निर्णय गरेको थियो।

उक्त निर्णय अनुसार प्रेस चौतारी सुर्खेतले प्रेस चौतारी नेपालका उपाध्यक्ष गणेश पाण्डेद्वारा निर्देशित ‘को–हजबेण्ड र भाग्यले बाँचेकाहरू’ नामक चर्चित डकुमेन्ट्री फिल्म प्रदर्शनी गर्दै छ।

उक्त पदर्शनी भोली शुक्रबार (असोज १९) जिल्ला समन्वय समिति सुर्खेतको सभा हलमा गरिने प्रेस चौतारी सुर्खेतले जनाएको छ। डकुमेन्ट्री फिल्म प्रदर्शनी शुक्रबार दिउँसो १ बजे, ३ बजे र बेलुका ५ बजेको सो राखिएको छ।
यस्तै, ‘डिल स्मृति क्रियाशील पत्रकारिता’ पुरस्कारका लागि गर्न लागिएको अक्षयकोष स्थापनामा डकुमेन्ट्री भिडिओ हेरेर सहयोग गरिदिन पनि चौतारी सुर्खेतले सबैमा अनुरोध गरेको छ।

नेपाल कर्म । १८ आश्विन २०८०, बिहीबार १९:१२