हुड्के–केउरेनी सडक स्तरोन्तीको काम सुरु

सुर्खेत । बराहताल गाउँपालिका वडा नम्बर ८ मा पर्ने हुड्केदेखि वडा नम्बर ४ को तरंगा जोड्ने सडक खण्डमा स्तरोन्तीको काम सुरु भएको छ । बिहीबार प्रदेशसभा सांसद विन्दमान विष्टले उक्त सडक खण्डमा पर्ने १७ दशमलव सात किलोमिटर सडक स्तरोन्तीको शिलान्यास गरेका हुन् । आगामी तीन वर्षमा निर्माण सम्पन्न गरिसक्नु पर्ने कार्यादेशसहित ६१ करोड ५९ लाख ३० हजार दुई सय १९ रुपैयाँ लागतमा पूर्वाधार विकास निर्देशनालय सुर्खेत र खड्का कृष्ण/श्याम एण्ड शंकर जेभी काठमाडौं बिच ठेक्का सम्झौता भएको हो ।



बहुवर्षिय योजना अन्तर्गत पहिलो चरणमा हुड्केदेखि तरंगासम्म सडक कालोपत्रे गरिने छ, भने दोस्रो चरणमा बराहताल गाउँपालिका वडा नम्बर ४ को साजघाट, कुटा, वडा नम्बर ५ को चेपाङ र वडा नम्बर ६ को व्यूरेनी, माझाघाट हुँदै जामु खण्डमा स्तरोन्तीको काम हुने जनाइएको छ । वर्षौदेखि सडक सुविधाबाट बञ्चित बनेका यो क्षेत्रका नागरिकहरु सडक स्तरोन्ती पश्चात बाह्रै महिना यातायातको पहँचमा पुग्नेछन् ।

तपाईको प्रतिक्रिया