सुर्खेत । हुम्लाबाट एक सुत्केरीकाे १७ घण्टापछि उद्दार गरिएकाे छ । जिल्लाकाे अदानचुली गाउँपालिका–४ की २३ वर्षीया राजकला ढकाल (पाण्डे) लाई सुत्केरी व्यथा लागेकाे लामाे समयपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्दार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ल्याइएकाे हाे ।
व्यथा लागेपछि श्रीनगर स्वास्थ्यचौकीमा भर्ना भएकी उनको अवस्था जटिल बन्दै गएपछि हेलिकप्टरबाट उद्दार गरिएकाे हाे ।


नेपाल कर्म । १८ आश्विन २०८०, बिहीबार १६:११