काठमाडौं । चीनको हाङझाउमा जारी १९औँ एसियाडमा सहभागी भएर नेपाली राष्ट्रिय क्रिकेट टिम बिहीबार स्वदेश फर्किँदै छ ।

टिम आज बिहान साढे ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।


एसियाडको पुरूष क्रिकेटमा नेपाली टिम क्वार्टरफाइनलसम्म पुगेको थियो। भारतसँग २३ रनले पराजित भएपछि एसियाडमा नेपाल बाहिरिएको हो।
त्यसअघि, नेपालले समूह चरणका खेलमा मंगोलियाविरुद्ध २७३ रन र माल्दिभ्सविरुद्ध १३८ रनले विजयी भएको थियो।

नेपाल कर्म । १८ आश्विन २०८०, बिहीबार १२:५३