बझाङ भूकम्पबारे छलफल गर्न प्रधानमन्त्रीद्वारा बैठक आव्हान

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बझाङ केन्द्रविन्दु भएर गएको भूकम्प, त्यसबाट भएको क्षति र सरकारको कार्य योजनाबारे छलफल गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आव्हान गरेका छन्।



बिहीवार बिहान प्रधानमन्त्रीले बोलाएको बैठकमा भूकम्पबाट भएको क्षति, राहत, पुनर्स्थापनालगायतका विषयमा छलफल हुने जनाइएको छ।

बैठक बस्नुपूर्व आज बुधबार दिउँसो प्रधानमन्त्रीले बझाङ जिल्लाका जनप्रतिनिधि र राजनीतिक दलका नेताहरू बोलाएर भूकम्पको क्षति र त्यसपछिको वस्तुस्थितिबारे जानकारी लिएका छन्।

तपाईको प्रतिक्रिया