हुम्ला पुगेर कृषि मन्त्री शर्माले भने रैथाने बालीकाे उत्पान र बजारीकरणमा सरकार लागि परेकाे छ

हुम्ला । कर्णाली प्रदेशको हिमाली क्षेत्रमा उत्पादन हुने कृषि उपज उत्पादन र वजारीकरमा मुल्य समायोजन हुने कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले बताएका छन्। जैविक कोदो खेतीको संरक्षण र प्रवद्र्धन गर्न कोदो महोत्सवमा सहभागी हुन हुम्ला पुगेका मन्त्री शर्माले बिश्व कोदो दिवसको अवसरमा प्रेस सेन्टर हुम्ला शाखाले आयोजना गरेको प्रेस मिटमा कर्णाली भूगोलको बिकटता सग सगै उत्पादनको हिसावले पनि कम्जोर भएको बताउदै कर्णाली प्रदेशको हिमाली क्षेत्रमा उत्पादन हुने कृषि उपज र बजारीकरणको समयोजन हुने बताएका हुन् ।



सुयुक्त राष्ट्र संघको ७५ औ महासभाबाट सन २०२१मा विश्व कोदो दिवस मनाउने निर्णय अनुसार नेपालको उच्च हिमाली भागमा कोदो फल्ने सन्देश दिन हुम्ला आएको बताउदै कर्णाली प्रदेशमा भएको रैथाने बाली उत्पादनमा संरक्षण र बजारीकरण गर्न प्रदेश सरकारले कृषि उपज उत्पादन र वजारिकरणको लागि समायोजन नीति अनुरुप काम गर्ने बताए । कर्णालीमा पोषण युक्त खाद्यन्न उत्पादन पनि हुने र कुपोषणबाट बालवालिका ख्याउटे पुड्का पनि हुने तथ्याङ्कको गलत परिभाषा सच्याउन आवश्यक भएको जिकिर गरे ।

कोदो खानेलाइ गरिव भनिन्छ नेपनलमा गरिवीको संख्या पनि बढ्दो छ तर गरिवी हुने कारण उत्पादन बस्तुलाइ मुल्यमा परिनत नगर्दा समस्या भएकोले कर्णाली जे बेच्छ मुल्यवान बस्तु नै बेच्छ भन्ने तथ्य प्रमाणित गर्न मुल्यवान लोगो निर्माण गरि कर्णालीको रैथाने उत्पादनलाइ अन्तराष्ट्रिय स्तरमा प्रदेश सरकार बजारीकरण गर्न तयार रहेको बताए। दक्षिण एसियाको भारत पछि कोदो उत्पादनमा दोस्रो मुलुक नेपाल भएकोले कोदो र कोदो जन्य लठ्ठे जुनेलो चिनो कागुनो उत्पादनलाइ प्रोसेसिङ्ग लेवलिङ्ग र प्याकेजिङ्ग गरी अन्तराष्ट्रिय बजारीकरण गर्न प्रदेश सरकार उत्पादन र ढुवानीमा अनुदान दिने प्रतिवद्ध भएको बताए ।

उच्च हिमाली क्षेत्रमा च्याङ्ग्रा चौरी मुसे भेडा कार्यक्रम र हुम्लाको तल्नो भूगोल क्षेत्रमा सुन्तला कागती र फलफुल कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारले पकेट क्षेत्र विकास कार्यक्रम बिस्तार वाट उत्पादन बृद्धि र दिगो कृषिमा सहयो गर्ने बताउनु भयो। हुम्ला जिल्लाको ७ वटा पालिकामा १ हजार ३५य हेक्टर क्षेत्रफल जमिनमा कोदो खेतीबाट वार्षिक १ हजार ५४० मेट्रिकटन उत्पादन हुने गरेको छ।

तपाईको प्रतिक्रिया