सुर्खेत । सुदूरपश्चिममा भूकम्पको ठुलो धक्का महसुश गरिएको छ। अछाम लगायत सदूरपश्चिमका बिभिन्न जिल्लामा मंगलवार दिउसो २ बजेर ४० मिनेट र त्यसको केहि बेर पछि ३ बजेर ६ मिनेटमा धक्का महसुश गरिएको हो।

दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तल्कोट केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो भने ३ बजेर ६ मिनेटमा ६.३ रेक्टर स्केलको भुकम्प मापन गरिएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।

दोस्रोपटक दिउँसो ३ बजेर ६ मिनेटको भूकम्पको केन्द्र बिन्दु बझाङको चैनपुर आसपास रहेको बताइएको छ। भूकम्पको धक्का महसुस भएसँगै विद्यालयको भवनबाट हाम फाल्दा अछाममा एक विद्यार्थी घाइते भएका छन्।

जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका-६ दर्नामा रहेको ऐश्वर्य माद्यामिक विद्यालयको बिज्ञान भवनबाट अत्तालिएर हाम फाल्दा विद्यार्थी सन्तोष साउँद घाइते भएका हुन्।
भवनबाट हाम फाल्दा घाइते भएका सन्तोषको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ।

नेपाल कर्म । १६ आश्विन २०८०, मंगलवार १५:५८