सुर्खेत । सुदूरपश्चिममा आज (मंगलबार) दोस्रोपटक भूकम्प गएको छ। भूकम्पमापन केन्द्र सुर्खेतका अनुसार दोस्रोपटक दिउँसो ३ बजेर ६ मिनेटमा ६.३ रेक्टरको भूकम्प बझाङको चैनपुर आसपासमा गएको हो।
केही बेरअघि दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तल्कोट केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो।
भूकम्पको धक्का सुदूरपश्चिम सँगै कर्णाली प्रदेशका धेरै जसो जिल्लामा महसुस गरिएको छ।


भूकम्पबाट भएको क्षति भएको विवरण हालसम्म आउन सकेको छैन्।

नेपाल कर्म । १६ आश्विन २०८०, मंगलवार १५:३७