सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनको मतगणनास्थलमा तोडफोड र नाराबाजी भएको छ । जारी मतगणनाका क्रममा अनेरास्ववियुका कार्यकर्ताले तोडफोट र नाराबाजी गरेका हुन् । तोडफोडबा सुर्खेत सिटी हल प्रवेशद्वारका सिसा फुटेका छन् ।

मतगणना स्थल प्रवेशका विषयमा अनेरास्ववियु केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष रहेका सत्य शाही र प्रहरी बिच विवाद भएको थियो । विवादपछि प्रहरीले शाहीलाई पक्राउ गरेपछि अनेरास्ववियुका कार्यकर्ताले तोडफोड र नारावाजी गरेका हुन् ।


शाही प्रहरी नियन्त्रणबाट मुक्त भैसकेका छन् । एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेलले पार्टीको आन्तरिक चुनावमा आफ्नै कार्यकर्ताहरुबाट असुरक्षित हुने भए सिटी हल बाहिरको मैदान खाली गरिदिने चेतावती दिएपछि अहिले विवाद साम्य भएको जनाइएको छ । एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशन अन्तर्गत सोमबार मतगणना भइरहेको छ । घटनापछि मतगणनास्थलमा प्रहरीको उपस्थिती बढाइएको छ ।

नेपाल कर्म । १५ आश्विन २०८०, सोमबार १५:२१