सुर्खेत । गत बुधबारबाट सुर्खेतमा जारी नेकपा एमालेको प्रथम कर्णाली प्रदेश अधिवेशनको मतगणना अझै सुरु हुन सकेको छैन । आइतबार ढिला गरी सुरू भएर राति ९ बजे सकिएको मतदान विहान ८ बजेबाट गणना सुरू हुने भनिएपनि हालसम्म सुरु हुन सकेको छैन । आइतबार भएको मतदानमा अध्यक्षका उम्मेदवार गुलावजंग शाहलले आफू निकट प्यानलको लिष्ट नै सार्वजनिक गरेपछि उत्पन्न विवादका कारण मतगणना सुरु हुन नसकेको बताईएको छ ।
अहिले नेताहरु विवाद समाधानका लागि छलफलमा रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आइतबार पाँच पदाधिकारीसहित एक सय २५ सदस्यीय प्रदेश कमिटीका लागि ६ सय ९ जनाले मतदान गरेका थिए । जसमा ४४ जना सदस्यहरु निर्विरोध निर्वाचित भई सकेका छन् । जम्मा मतदातामा सात जना अनुपस्थित रहेका निर्वाचन कमिटीले जनाएको छ ।


नेपाल कर्म । १५ आश्विन २०८०, सोमबार ११:२८