
सुर्खेत । सुर्खेतमा भएको दुई छुट्टा छुट्टै बालक मृत्यु घटनाको छिटोभन्दा छिटो कानूनी उपचार र क्षतीपुर्तीको व्यवस्था गर्न कर्णाली प्रदेशका कृयाशिल नागरिक समाज तथा सञ्जालहरुले सरकारको ध्यानाकर्षण भएको छ ।
आइतबार प्रस विज्ञप्ती जारी गर्दै घटाको सत्य, तथ्य र निष्पक्ष छानविन तथा अनुसन्धान गरी कानूनी उपचार र पिडित पक्षलाई क्षतीपुर्तीको व्यवस्था गर्न माग गरेका हुन ।

प्रेस विज्ञप्तीमा भनिएको छ…
प्रेस विज्ञप्ती मिति २०८० असोज १२ गते सुर्खेत वीरेन्द्रनगरमा रहेको उपा बालबाटिका माध्यामिक विद्यालयको होस्टेलमा बसेर कक्षा २ मा अध्ययन गर्ने दैलेख जिल्ला चामुण्डा विन्द्रासैनी नगरपालिका वार्ड नं. १ का सलाम पुलामी छात्रावासमा झुण्डिएको अवस्थामा भेटिएको र दैलेख जिल्ला आठविस नगरपालिका वार्ड नं. ६ का ५ वर्षीय दिग्दर्शन पुरीको वीरेन्द्रनगरको जुम्ला रोडको गोकुल कटेज नजिकै मोटरसाइकलको ठक्करले घाइते भई उपचारका क्रममा मृत्युको घटनाले नेपालको भविष्यका कणांधार रहेका बालबालिकाको जीवनको जहातही असुरक्षा बढिरहेको देखाएको छ । बाल अधिकार महासन्धी, नेपालको संविधान र वाल अधिकार सम्बन्धि ऐनले समेत प्रदत्त बालबालिकाको बाच्न पाउने अधिकारको प्रत्याभूती हुन नसकेको प्रति हामी कर्णाली प्रदेशका कृयाशिल नागरिक समाज तथा सञ्जालहरुको ध्यानाकर्षण भएको छ ।
. बालबालिकाको सर्वोत्तम हितलाई ख्याल राख्दै बाल अधिकार महासन्धि १९९९ का मुख्य आधारभुत अधिकारहरु बचाउ, विकास, संरक्षण र सहभागीताका अधिकारहरु प्रत्याभुत गराउन राज्यका सबै निकायहरुलाई जिम्मेवार हुन हामी अपिल गर्दछौं । यी दुवै घटनाको सत्य, तथ्य र निष्पक्ष छानविन तथा अनुसन्धान गरी कानूनी उपचार र पिडित पक्षलाई क्षतीपुर्तीको व्यवस्था गर्न नेपाल सरकारलाई यसै विज्ञप्ती मार्फत ध्यानाकर्षण गर्दछौं ।

ऐक्यवद्धता
बाल अधिकारका लागि साझा अभियान कर्णाली प्रदेश, बाल विवाह विरुद्धको साझा अभियान कर्णाली प्रदेश, राष्ट्रिय अपाङ्ग महसंघ मानव अधिकारका लागि महिला एकल महिला समुह, बालवालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप नेपाल), सामुदायिक सुरक्षा जालो वल नेपाल नाजरेत सोसाइटी (नवज्योती केन्द्र), वातावरण सुधार समाज अपाङ्ग शसक्तिकरण केन्द्र वाम, मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) आशा सञ्जाल, शिक्षाका लागि राष्ट्रिय अभियान, बालिका दुलही होइनन् नेपाल आवाज, ’स्याक नेपाल, सोसेक, सुन्दर नेपाल ।


नेपाल कर्म । १४ आश्विन २०८०, आईतवार १६:४१