सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटीको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । आइतबार साढे १ बजेदेखि मतदान सुरु भएको हो । बिहान ८ बजेदेखि मतदान गर्ने भनिए पनि तयारी नपुगेपछि १ बजेलाई सारिएको हाे ।

१० जिल्लाका लागि १० वटा मतादानस्थल कायम गरिएको छ । अधिवेशनबाट पाँच पदाधिकारीसहित १३५ सदस्य चयन गरिनेछ । एमाले कर्णाली अध्यक्षका लागि कालीकोटका मीनबहादुर शाही, सल्यानका गुलाबजंग शाह र कालीकोटकै प्रकाश रोकाया चुनावी मैदानमा छन् । त्यस्तै, सचिवमा धुव्रकुमार शाही र रुद्रबहादुर शाहीको प्रतिस्पर्धा छ ।




नेपाल कर्म । १४ आश्विन २०८०, आईतवार १५:०७