सुर्खेत । वीरेन्द्रनगरस्थित फोरलेन सडकको गोकुल कटेज नजिकै मोटरसाईकलको ठक्करबाट मृत्यु भएका बालकका आफन्तहरुले आन्दोलन शुरु गरेका छन् । ठक्कर दिने मोटरसाईकल र चालकलाई खोजेर कारवाहीको माग राख्दै अहिले आफन्तहरुले यरिचोकमा सडकमा टायर बालेर प्रदर्शन शुरु गरेका हुन् ।

दैलेखको आठबीस नगरपालिका वडा नं. ६ खिड्कीज्यूला घर भएका पाँच वर्षीय बालक दिग्दर्शन पुरीका आफन्तले यरिचाेकमा चरणवद्ध आन्दोलनका कार्यक्रमसमेत घाेषण गरेका छन् ।


घटना घटेको २४ घण्टा पुगेपनि प्रहरीले दुर्घटनाकर्तालाई जोगाएको आराेप आफन्तकाे छ । मामाको घरबाट फुपुको घर जाने भन्दै घरबाट निस्केका दिग्दर्शनलाई मोटरसाईकलले ठक्कर दिएकाे थियो । मोटरसाइकलले ठक्कर दिएपनि उनलाई चालकले झण्डै १५ मिटर भन्दा बढि मोटरसाइकलको लेकगार्डमा लतार्दै लगेको र सो कारण उनको निधन भएको आफन्तको भनाई छ ।
राज्यले यस्तो जघन्य घटना गर्नेलाई तत्काल कानूनी कारवाहीमा ल्याउनुपर्नेमा उल्टै ढिलासुस्ती गरेकाले राजमार्ग बन्द नगरेसम्म नसुन्ने भएका कारण याे अवस्थामा पुगेकाे आफन्तहरू बताउँछन् ।

नेपाल कर्म । १४ आश्विन २०८०, आईतवार ०९:१४