सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशनको निर्वाचन समय लम्बिएको छ। दिउँसो साढे १ बजेटबाट मतदान गर्ने भनिए पनि बेलुकाको साढे ४ बजेसम्म पनि मतदान हुन नसकेको हो।
यस अघि प्रदेश निर्वाचन कमिटीले शनिबार बिहान साढे ८ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने र दिउँसो १२ बजेबाट मतदान गर्ने निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो। तर, यो समाचार तयार पार्दासम्म निर्वाचन कमिटीले उम्मेदवारको अन्तिम नामावलीनै प्रकाशित गर्न सकेको छैन्।
मतदानको लागि कुनै तयारी नभएपनि उम्मेदवारहरु प्रतिनिधिसँग भोट माग्दै हिँडेका छन्।


एमाले कर्णाली प्रदेश कमिटी १३० सदस्यीय बन्ने छ। जसमा पदाधिकारी पाँच जना, अन्य सदस्यहरु १२५ जना निर्वाचित हुनेछन्।

नेपाल कर्म । १३ आश्विन २०८०, शनिबार १६:४८