एमाले अधिवेशन : राजबहादुर र प्रेम सिंहले लिए उम्मेदवारी फिर्ता

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष पदका उम्मेदवार राजबहादुर शाही र प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका छन्।



दुवै नेताले अध्यक्षमा मीनबहादुर शाहीलाई सघाउने भन्दै उम्मेदवारी फिर्ता लिएको बुझिएको छ।

अब अध्यक्ष पदमा सल्यानका गुलाबजंग शाह र कालिकोछका मीनबहादुर शाहीबीच प्रतिस्पर्धा हुनेछ।

यस्तै,  सचिवमा दैलेखका रुद्रबहादुर शाही र सुर्खेतका ध्रुवकुमार शाही उम्मेदवार छन्।

यसअघि सचिवमा उम्मेदवारी दिएका सुर्खेतका डण्डीप्रसाद शर्माले सिचवमा रुद्रबहादुर शाहीलाई समर्थन गर्दे उम्मेदवारी फिर्ता गरेका छन्।

तपाईको प्रतिक्रिया