एमाले कर्णाली अधिवेशन : रुद्र शाहीलाई डण्डीले समर्थन गर्दा सचिवमा शाहीद्वयको भिडन्त

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको सचिव पदमा उम्मेदवारी दिएका डण्डी शर्माले उम्मेदवारी फिर्ता लिएका छन् । प्रदेश निर्वाचन कार्यालयकाअनुसार शर्माले सचिव पदकाे उम्मेदवारी फिर्ता लिएका हुन्।



नेताहरुका अनुसार सचिव पदमा रुद्रबहादुर शाहीलाई समर्थन गरेर उम्मेदवारी फिर्ता लिएकाे बुझिएकाे छ। निर्वाचन अधिकृत मातृकाप्रसाद खनालका अनुसार अन्य पदाधिकारीमा हालसम्म कसैले पनि उम्मेदवारी फिर्ता लिएका छैनन्।

कर्णाली प्रदेशको भावी अध्यक्षका लागि पाँच जनाको र सचिवका लागि तीन जनाले उम्मेदवारी दिएका थिए । निर्वाचन समितिका अनुसार शनिबार विहान नौ बजेसम्म उम्मेदवारी फिर्ताको समय राखिएको छ। दिउँसो साढे १२ बजेबाट मतदान हुनेछ। महाधिवेशनमा ६०४ जना प्रतिनिधिहरु सहभागी छन्। जारी अधिवेशनबाट एमालेले १३५ सदस्यीय प्रदेश कमिटी गठन गर्नेछ।

तपाईको प्रतिक्रिया