सुर्खेत । एनएमबी बैंक शाखा सुर्खेतले विश्व मुटु दिवशको अवसरमा बैकमा सेवा लिन आउने सेवाग्राहीलाई मुटुरोग सम्बन्धी एक दिने स्वास्थ्य शिविर सम्पन्न गरेको छ । मुटु प्रयोग गरौं, मुटु जानौं भन्ने मुल नाराको साथ सन २०२३ को विश्व मुटु दिवशको अवसर पारेर बैकले शिविरको आयोजना गरेको हो । एनएमबी बैंक शाखा सुर्खेतमा सेवा लिन आउने करिव एकसय ५० जना सेवा ग्राहीहरुको स्वास्थ्य परिक्षण गरेको बैकका विजिनेश डेप्लोमेन्ट म्यानेजर खगेन्द्र पाण्डेले जानकारी दिएका छन् ।

शिविरको परिक्षण कर्णाली केयर सुर्खेतका मेडिकल टिमले गरेका पाण्डेले बताए । मुटुरोग परिक्षणमा प्रेसरका विरामी बढी भेटिएकाले रोगबाट बच्ने उपाय र यसको सचेतिकरण बारे सेवाग्राहीलाई सुसुचित गराएको पाण्डेले बताए । मुटुरोगका विरामी बढ्नुमा व्यस्त जीवनशैली, प्याकेटका खानेकुराहरूको अत्यधिक प्रयोग, अशुद्ध खानेकुराहरू, प्रशोधित अनि केमिकलजन्य उपभोग्य सामाग्रीहरूको प्रयोग, तनाव पूर्ण जीवनशैली, अस्वस्थ प्रतिस्पर्धा अनि प्रकृतिसँगको दुरीका कारणहरु रहेको स्वास्थ्य परिक्षणमा सहभागी स्वास्थ्यकर्मी असिरन खातुन् ले बताइन ।



कार्यक्रममा अनियमित व्यायाम, खेलकुदमा कम रुचि, धूम्रपान, मदिरापान, औषधीको धेरै सेवन अनि तनाव लिने बानीका कारण मुटुमा ठूलो असर परी मुटुरोगको जोखिम बढेको स्वास्थ्यकर्मी खातुनले बताईन् । एनएमवि बैकशाखा सुर्खेत शाखाका म्यानेजर निर्मल गौलीले बैकले दिने निरन्तर दिने आफ्नो सेवाका साथै पटक–पटक यस्तै फरक तर सन्देश मुलक कार्यक्रम गर्दै आईरहेको जानकारी दिएका छन् । एनएमबी बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी प्राप्त गरेको, ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको, सन् २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरेको र हाल देशभरी दुई सय एक शाखाहरु, एक सय ३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको एनएमबी बैकका कर्णाली र सुदुरपश्चिमका प्रदेश प्रमुख श्याम अधिकारीले जानकारी दिएका छन् ।

नेपाल कर्म । १२ आश्विन २०८०, शुक्रबार १७:५८