एमाले कर्णाली अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक, शनिबार मतदान हुने

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ। प्रदेश अधिवेशन निर्वाचन कमिटीको कार्यालयले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो। उक्त तालिका अनुसार मतदाता नामावली प्रकाशन शुक्रबार दिउँसो साढे ३ बजे, मतदाता नामावली उपर दाबी विरोध/सुधार दिउँसो साढे ३ बजेदेखि साढे ४ बजेसम्म, मतदाता नामावदी उपर परेको दाबी विरोध र सुधारको सूचना प्रकाशन साढे ४ बजेभित्र र दाबी विरोध उपर छानबीन र निर्णय दिउँसो बजे भित्र गर्ने तालिका रहेको छ।



यस्तै, अन्तिम नामावली प्रकाशन साढे ५ बजे, उम्मेदवारको दरखास्त फारम वितरण साढे ५ बजेदेखि साझ साढे ७ बजेसम्म, उम्मेरदवारको नामावली प्रकाशन, ७ः३० – ८ः४५ सम्म उम्मेरदवारमाथि उजुरी उजुरी गर्ने, ९ः०० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन ९ बजे गर्ने निर्वाचन कमिटीले जनाएको छ।

यस्तै, राती ९ः १५ देखि ९ः४५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, उजुरी छानबीन तथा निर्णय राति १०ः४५ बजेदेखि ११ : १५ सम्म, उम्मेदवारको नाम फिर्ता राती साढे ११ बजेदेखि शनिबार (असोज १३) गते बिहान ८ बजेसम्म हुने छ। उम्मेरदवारको अन्तिम नामावली प्रकाशन शनिबार बिहान साढे ८ बजे, दिउँसो साढे १२ बजेदेखि बेलुका ६ बजेसम्म मतदान गर्ने तालिका प्रकाशन भएको छ। प्रदेश अधिवेशन निर्वाचन कमिटीका अनुसार प्रदेश पदाधिकारीका लागि पाचँ सय रुपैया र प्रदेश कमिटी सदस्यका लागि तीन सय रुपैया उम्मेदवार शुल्क तोकिएको छ।

तपाईको प्रतिक्रिया