सुर्खेत । कणरली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले सहकारी काम ऋण लगानी र असुली मात्रै नभइ शेयर सदस्यहरुलाइ उत्पादन र स्वरोजगारमा जोड्नु पर्ने बताएका छन् । सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नं १३ गुमीमा महिला परिवर्तन साना किसान कृषि सहकारी संस्थाको १३ औ वार्षिकोत्सवको उद्घघाटन समारोहलाइ सम्बोधन गर्दै मन्त्री शर्माले सहकारी संस्थाको काम ऋण लगानी र असुली मात्रै नभइ शेयर सदस्यहरुमा उद्यमशिलता बिकास गरी ब्यबसायीक किसानलाइ उत्पादन र स्वरोजगारमा जोड्नु पर्ने बताएका हुन् ।

संघिय लोकतान्त्रिक गणतन्त्रको जगमा भएको परिवर्तन अनुसार अहिले महिला नेतृत्वको विकास भएको र समुह सहकारीहरुको नेतृत्व पनि महिलाहरुले नै गरेकाले प्रदेश सरकारले महिला आयआर्जनका कार्यक्रम मार्फत समुह सहकारीमा अनुदान सहयोग गरेको बताए । साना किसान कृषि सहकारीले नेपाल सरकारको एक अर्व सहुलियत कर्जा मार्फत सहकारीमा ९ प्रतिशत ब्याजदरमा लगानी गरेको बताउदै सहकारी मार्फत सरकारले किसानमा गरेको लागनी बारे जानकारी दिने परिपाटी नगरेकाले किसानलाइ सरकारले गरेको लगानी बारे जानकारी दिन निर्देशन मन्त्री शर्माले दिए ।

भेरीकरिडोर मार्फत प्रदेश सरकारले किसानको जीवन स्तर उकास्न उत्पादनमा आधारित कार्यक्रम तय गरेकाले सबै किसान उत्पादनमा जोडिन आग्रह मन्त्री शर्माको थियो । गत बर्ष सुर्खेतका दुग्ध उत्पादक किसानले प्रदेश सरकारले प्रति लिटर दुध उत्पादनमा दिएको अनुदान बाफत रकम प्राप्त गर्न नसकेको बताउदै यो बर्ष दुग्ध उत्पादक किसानलाइ चौमासिक रुपमा अनुदान उपल्ध गराउने बताए ।

प्रदेश सकारले महिला सहकारीहरुमा दिएको अनुदानबाट महिला आत्मनिर्भरता तथा आर्थिक सवलीकरण गर्ने उदेश्य भएकाले यसको सहि प्रयोग भए नभएको अनुगमन गर्न बिहान ८ बजे गुमी आएको बताउदै मुख्यमन्त्री महिला आयआर्जन कार्यक्रम बाट कर्जा प्राप्त गरेका किसानहरुले उद्यम गरेको देख्दा ऋण सहि सदुपयोग भएकोमा सहकारीलाइ धन्यबाद दिए ।
साधारण सभाको उद्धघाटन कार्यक्रममा सहभागी हुन गुमी पुगेका मन्त्री शर्माले गुर्भाकोट १३ र १४ का व्यवसायी किसानसँग भेटघाट तथा छलफल गरेका थिए । किसानसँग भेटघाट तथा छलफलमा किसानहरुले प्रदेश सकारको अनुदान सहयोगबाट ब्यबसाय स्थापना गर्न सफल भएको र ब्याजदरमा थप सहुलियत गर्न माग गरेका थिए ।

नेपाल कर्म । १२ आश्विन २०८०, शुक्रबार १७:१०