सुर्खेत । सुर्खेतका दुई जना पत्रकार पुरस्कृत भएका छन्। युवा तथा खेलकुद मन्त्रालयले शुक्रबार एक समारोह आयोजना गरेर राष्ट्रिय खेलकुद प्रतिभा एवं खेल पत्रकारिता पुरस्कार तथा सम्मान प्रदान गरेको हो।


पुरस्कृत हुने पत्रकारहरुमा ललितबहादुर बुढा र ज्योति कटुवाल रहेका छन्। उनिहरुलाई युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले प्रमाणपत्र र नगद प्रदान गरेका हुन्।


नेपाल कर्म । १३ जेष्ठ २०८०, शनिबार १२:४२