सुर्खेत । पत्रकार पंखबहादुर शाहीलाई उत्कृष्ट क्रियाशिल पत्रकार पुरस्कार प्रदान गरिएको छ। शनिबार पत्रकार शाहीलाई उक्त पुरस्कार प्रदान गरिएको हो।
नेकपा माओवादी केन्द्र निठक पत्रकार संगठन प्रेस सेन्टर नेपालको १९औँ साधारणसभा तथा २१औँ कृष्ण सेन इच्छुक स्मृति दिवसका अवसरमा उत्कृष्ट क्रियाशिल पत्रकार पुरस्कार प्रदान गरिएको हो।



उक्त पुरस्कार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र पूर्व सभामुख कृष्णबहादुर महराले पत्रकार शाहीलाई हस्तान्तरण गरेका हुन्।
दैलेखमा जन्मिएका पत्रकार शाही कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेर रातोपाटी डटकममा समाचार लेख्दै आएका छन्।

नेपाल कर्म । १३ जेष्ठ २०८०, शनिबार १२:४४