सुर्खेत । विश्व रेविज दिवको अवसरमा वीरेन्द्रनगरमा प्रभातफेरी गरी मनाइएको छ । १७ औ विश्व रेवज दिवश कर्णाली प्रदेशको भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा प्रभातफेरी गरी मनाईएको हो । वीरेन्द्रनगरको मंगलगढी चौकबाट सुरु भएको प्रभात फेरी बजार परिक्रम गरेर गणेशचौकमा पुगेर सभामा परिणत भएको थियो ।

कार्यक्रममा बोल्दै कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्माले रेविज रोग नियन्त्रणको लागि खोप अभियानसँगै जनचेतना फैलाउन आवश्यक भएको बताए । कर्णाली प्रदेश सरकारले रेविज रोग नियन्त्रणमा खोप अभियान सञ्चालन गरेपनि जनचेतनाको कमी भएकोले रोग नियन्त्रणमा समस्या भएको बताउँदै मन्त्री शर्माले खोप अभियानसँगै जनचेतना फैलाउन पशु चिकित्सक तथा कार्यालय प्रमुखहरूलाई निर्देशन दिए ।


उनले रेबिज नियन्त्रणमा जनचेतना फैलाउन नसक्नुले रेबिज रोगका कारण दिनानुदिन विद्यालय पढ्ने बालबालिका सडकमा हिड्डुल गर्ने मान्छे मजदुर सिकार भएको र अकालमै ज्यान गुमाएको बताए । रेविज जङ्गली तथा घरपालुवा जनावरहरूको टोकाइबाट हुने भएकोले कुनै पनि हेलचेक्र्याइँ गर्न नहुने बताए ।

नेपाल कर्म । ११ आश्विन २०८०, बिहीबार १५:४९