सञ्चालनमा आयो भेरी कोरिडोर सिंचाई विकासको कार्यालय

सुर्खेत । सुर्खेतको बोटेचौरमा भेरी कोरिडोर सिंचाई तथा नदी व्यवस्थापन आयोजनाको कार्यालय स्थापना भएको छ । बिहीबार उपप्रधान तथा रक्षामन्त्री पुर्णबहादुर खड्काले एक समारोका बिच कार्यालयको समुद्घाटन गरेका हुन् ।



उद्घाटन समारोहमा बोल्दै खड्काले राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट प्रभावित हुने क्षेत्रमा नदी तथा खोलाबाट हुने क्षति न्यूनिकरण गर्दै कृषि योग्य जमिनमा सिंचाई पु¥याएर नागरिकको जीवनस्तर उकास्नतर्फ ध्यान दिन कार्यालयलाई निर्देशन दिए ।

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनासँगै सो क्षेत्रका जनतालाई सिंचाई, सडक र विद्युत पु¥याउने उद्देश्यले यो आयोजना सुरु गरिएको हो । आयोजनाले भेरी नदी वारी र पारीका दुई–दुई किलोमिटर क्षेत्रफलमा भेरीको पानी लिफ्ट गरेर खेतीयोग्य जमिनमा सिंचाई सुविधा पु¥याउने उद्देश्य राखेको छ ।

तपाईको प्रतिक्रिया