२०८४ मा गठवन्धनलाई धोवीले लुगा धोए झै धुन्छौं : अध्यक्ष ओली

सुर्खेत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ मा एमालेलाई पहिलो पार्टी बनाएर एकल बहुमतिय सरकारको नेतृत्व गर्ने दावि गरेका छन् । बुधबारबाट सुर्खेतमा सुरु भएको एमालेको प्रथम कर्णाली प्रदेश अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले एमालेलाई बलियो राट्रिय शक्ति बनाएर ८४ को निर्वाचनमा गठवन्धनलाई धोवीले लुगा धोए झै धोइदिने दावी गरे ।



‘नेकपा एमाले एउटा महान अभिभारा बोकेर त्यो अभिभारा पुरा गर्ने संकल्प लिएर बाधा व्यवधानसँग लडेर समृद्ध राष्ट्र निर्माणको अभियानमा होमिएको पार्टी एमाले हो, यो अधिवेशनबाट नेकपा एमाले विचारमा संगठित छ, संगठनमा एकजुट छ र राष्ट्रियताका सवालमा एकताबद्ध छ भन्ने सन्देश देखाउन आवश्यक छ, हामीले मिसन ८४ भनेका छौं, यो भनेको साल फेरिने होइन, हामी एकतावद्ध भएर नेतृत्वमा जाने वर्ष हो ।’ उनले भने ।

वर्तमान गठवन्धन सरकारले देशको स्वाधिनतालाई लमपसार बनाएको उल्लेख गर्दै राष्ट्रिय एकता, स्वाधिनता, सार्वभौमसत्ताको रक्षा, सामाजिक न्यायसहितको समृद्धिका लागि एमालेलाई बलियो राष्ट्रिय शक्ति नबनाएसम्म देशले निकास नपाउने दावी उनको थियो ।
ओलीले धार्मिक, सांस्कृति र सामाजिक मुल्य र मान्यताका आधारमा देशमा हिन्सात्मक गतिविधि बढ्न थालेको प्रति चिन्ता व्यक्त गर्दै त्यसतर्फ समयमै सचेत हुनुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया