एमालेको कर्णाली मुखपत्र सार्वजनिक

सुर्खेत । नेकपा एमालेको कर्णाली मुखपत्र सार्वजनिक भएको छ । वीरेन्द्रनगरमा जारी एमालेको प्रथम प्रदेश अधिवेशनमा अध्यक्ष केपि शर्मा ओलीले मुखपत्रको विमोचन गरेका हुन् । बुधबारबाट वीरेन्द्रनगरमा सुरु भएको अधिवेशन बिहिबारसम्म चल्ने छ ।




अधिवेशनमा १० जिल्ला र मोर्चा संगठनबाट ६०४ जना प्रतिनिधिले भाग लिनेछन् । जसमा एक सय ९५ जना महिला र चार सय सात जना पुरुष रहनेछन् । एमालेले छानेका प्रतिनिधिमा ७३ जना पुरुष र ३८ महिला गरी एक सय ११ जनाको दलित प्रतिनिधित्व रहनेछ ।
दुई दिनसम्म चल्ने अधिवेशनले पार्टीको राजनीतिक, सांगठानिक र आर्थिक प्रतिवेदन पारित गर्नेछ भने पाँच जना पदाधिकारीसहित १ सय ३५ सदस्यीय प्रदेश कमिटी निर्वाचित गर्नेछ ।

मुखपत्र हेर्न स्क्यान गर्नुहाेस् ।

तपाईको प्रतिक्रिया