सुर्खेत । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले प्रथम कर्णाली प्रदेश अधिवेशनको उद्घाटन गरेका छन् । बुधबारदेखि वीरेन्द्रनगरमा सुरु भएको अधिवेशन उद्घाटनको समय दिउँसो १ बजेलाई तय गरिएको भएपनि अध्यक्ष ओली निर्धारित समयमा पुग्न नसकेपछि ३ बजेलाई सारिएको थियो ।

अधिवेशनलाई महासचिव शंकर पोखरेल, सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।


अधिवेशनमा १० जिल्ला र मोर्चा संगठनबाट ६०४ जना प्रतिनिधिले भाग लिनेछन् । जसमा एक सय ९५ जना महिला र चार सय सात जना पुरुष रहनेछन् ।


एमालेले छानेका प्रतिनिधिमा ७३ जना पुरुष र ३८ महिला गरी एक सय ११ जनाको दलित प्रतिनिधित्व रहनेछ ।
दुई दिनसम्म चल्ने अधिवेशनले पार्टीको राजनीतिक, सांगठानिक र आर्थिक प्रतिवेदन पारित गर्नेछ भने पाँच जना पदाधिकारीसहित १ सय ३५ सदस्यीय प्रदेश कमिटी निर्वाचित गर्ने

नेपाल कर्म । १० आश्विन २०८०, बुधबार १५:३६