ग्लोबल ओरियन्सद्वारा वीरेन्द्रनगरमा सरसफाइ

सुर्खेत । ग्लोबल ओरियन्स नेपाल प्रा.लिको आयोजनामा वीरेन्द्रनगरमा सरसफाइ गरिएको छ। प्रा.लिले वीरेन्द्रनगर नगरपालिका–६ को समन्वयमा कार्यक्रम गरेको हो।



मंगलबार बिहान वीरेन्द्रनगर सुर्खेतका मंगलगडि चोक, गणेश चोक, सनिहल लाइन, हटिया लाइन लगायतका स्थानहरूमा सरसफाइ गरिएको छ।

उक्त कार्यक्रममा करिब ८५ जनाको उपस्थिति रहेको थियो।

साथै अब आउने हरेक शनिबार सरसफाइ कार्यक्रमहरुलाई पनि निरन्नतता दिने जनाईएको छ।

तपाईको प्रतिक्रिया