सेफ हाउसमा संरक्षित महिलाकाे निधनप्रति साेसेकद्वारा दु:ख व्यक्त

कालिकाेट । सदरमुकाम मान्म बजारमा सोसेक नेपालले सञ्चालन गरेको महिला बालबालिका सेवा केन्द्र आकस्मिक सेफ हाउसमा संरक्षित एक महिलाकाे निधनप्रति सामाजिक सेवा केन्द्र (साेसेक) नेपालले ले दु:ख व्यक्त गरेकाे छ । पारिवारिक झमेलामा रहेकी २४ वर्षीया गीता जैसीकाे संरक्षणमै रहेकाे बेला मृत अवस्थामा शाैचालयमा शव भेटिएपछि साेसेकले दु:ख व्यक्त गरेकाे हाे ।



यो पनि पढ्नुहोस् : संरक्षणमा राखिएकी कालीकाेटकी गीताको सङ्कास्पद मृत्यु

संस्थाका कार्यकारी निर्देशक हीरासिंह थापाले एक विज्ञप्ती जारी गर्दै विभिन्न परिस्थितिले मानसिक समस्या भोगिरहेकी गीतालाई सुरक्षित आश्रय र मनोवैज्ञानिक परामर्शका लागि प्रहरीलेको सिफारिसमा सेफ हाउसमा दुई सातापछि असोज ७ गते विहान अकस्मात शौचालयमा आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएका छन् ।

आवश्यकता अनुरुप सेवा प्रदान गरिएको सेवाग्राहीले अप्रत्यासित रूपमा शौचालयमा झुण्डिएर आत्महत्या गरेको घटनाले आगामी दिनमा थप सावधान हुँदै सेवा प्रवाह गर्ने कुरामा सजग रहने विज्ञप्तीमा सोसेक नेपालले प्रतिवद्धता जनाएको छ ।

व्यक्तिको ज्यान गएको घटना सरकारवादी हुने भएकोले प्रहरी र सरकारनका निकायहरुले अनुसन्धान गरिरहेकाले अरुहरु निकाय वा व्यक्ति विशेषले पनि पाएको तथ्य सूचनाहरु दिई सहयोग गर्न आम स्थानीय बासिन्दाहरुसंग कार्यकारी निर्देशक थापाले आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया