काँक्रेविहार क्लवको अध्यक्षमा रायमाझी

सुर्खेत । काँक्रेविहार क्लवको साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ । वीरेन्द्रनगरमा मंगलबार सम्पन्न साधारण सभाले रमेश रायमाझीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।



समितिको उपाध्यक्ष श्याम कुमार तामाङ्ग, सचिव मोहन राना, कोषाध्यक्ष चन्द्रा रेग्मी र सहसचिव पवन रानालाई चयन गरिएको छ । यस्तै, कार्यसमिति सदस्यहरुमा प्रदिप थापा, सुदिप रोका, सुपबहादुर शाही र अनमोल भट्टराई छन् ।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री सिँहले खेलकुदको विकासका लागि लगानी गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् । ‘खेलकुद र खेलाडीको विकासका लागि प्रदेश सरकार हरदम तयार छ । असोज ७ गतेको मन्त्रीपरिषद्को बैठकबाट समेत हामीले शिर्षकगत रुपमा खेलकुदका लागि बजेट बिनियोजन गरेका छौं,’मन्त्री सिंहले भने, ‘कर्णाली र समग्र नेपाललाई विश्वमा चिनाउन खेलकुदले विषेश भूमिका खेलेको छ ।’

उनले यस्ता क्लवहरुबाट नै राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी उत्पादन हुने भएकोले क्लवलाई सक्षम बनाउन आवश्यक रहेको बताए । कर्णाली प्रदेश खेलकुद परिषद्का प्रशिक्षक प्रदिप राइले क्लवहरु स्वस्थ र अनुशासित खेलाडी उत्पादन गर्ने थलो भएकोले यस्ता क्लवहरुलाई जोगाउन राज्यले विषेश नीति तथा कार्यक्रम ल्याउन जरुरी रहेको बताए । खेलकूद ऐन २०७७ ले प्रशिक्षकको हदबन्दी तोकेका कारण केही वर्षमा ८० प्रतिशत खेलाडी रिटायर्ड हुने र प्रशिक्षकको कमी हुने अवस्था सिर्जना भएको उनले बताए ।

वीरेन्द्रनगर—६ वडा अध्यक्ष एवं निवर्तमान सुर्खेत फुटबल संघका अध्यक्ष जनक रावलले खेलक्षेत्रमा सुर्खेत र कर्णालीको पहिचानमा कांक्रेबिहार क्लवको महत्वपुर्ण योगदान रहेको बताए ।

कलवका संरक्षक सुशीलराज शर्माले खेल क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले स्थापना गरिएको क्लवले पहिलो कांक्रेविहार गोल्डकप लगायतका अन्य थुप्रै खेलकुद प्रतियोगिताको आयोजना गरी खेलाडी उत्पादनको कारखाना बनेको बताए ।

तपाईको प्रतिक्रिया