सुर्खेत । सल्यानमा घाँस काट्नेक्रममा भिरबाट लडेर एक पुरुषकाे मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका(१, बालुवासंग्रहीका ४५ वर्षिय दिपक कामीको घरदेखि झण्डै पाँच सय मिटर पश्चिमतर्फ रहेको पाखो भीरमा घाँस काट्ने क्रममा चिप्लिएर मृत्यु भएको हो ।
मंगबार विहान घाँस काट्दै गरेको अवस्थामा लडेका दिपक झण्डै ५० मिटर तल पक्की सडकमा खसेर घटनास्थलमै मृत्यु भएको खबर स्थानीयले प्रहरीलाई गरेका थिए । स्थानीयको खबर पश्चात प्रहरी चौकी बनगारबाट खटिएको प्रहरी टोलीे घटनास्थलमा पुगको थियो । घटनाको थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय सल्यानबाट ६ जनाको प्रहरी टोली खटिएको कणरली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।


नेपाल कर्म । ९ आश्विन २०८०, मंगलवार १२:०४