काठमाडाै । कार्यबाहक प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सरकारले गरेका सम्झौता पालना गर्न पूर्ण प्रतिबद्ध रहेकाे बताएका छन् । पार्टी मुख्यालय सानेपामा जारी कांग्रेस केन्द्रीय समिति बैठकमा धारणा राख्दै उनले शिक्षक महासंघसँग भएको सम्झौता पालना गर्न पूर्ण प्रतिबद्ध रहेका बताए ।
‘शिक्षक महासंघसँग भएको सम्झौताप्रति सरकार पूर्ण प्रतिबद्ध छ । संसदकाे प्रक्रिया हुन्छ । सरकार र संसद बसेर टुंग्याउँछौँ’, उनले भने, ‘आन्दोलनको विभिन्न समूह देखिएको छ । मन्त्रालयमा भेट्न आउनुभएको थियो । सकरात्मक सन्देश दिएको छु । बाँकी कुराहरू पनि समेट्ने गरी अघि बढ्छौँ ।’


नेपाल कर्म । ८ आश्विन २०८०, सोमबार १२:२६