मध्यपश्चिम विश्वविद्यालय र ज्ञानबजार अनलाइनबीच सम्झौता

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय र ज्ञानबजार अनलाइनबीच सम्झौता भएको छ। असोज ७ गते विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहको समउपस्थितिमा, विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. नारायणप्रसाद पौडेल र ज्ञानबजार अनलाइन प्रा.ली.का अध्यक्ष ऋतिक बाबु श्रेष्ठबीच सम्झौता भएको हो।



अनुसन्धान मुलक शोधपत्र, लेख तथा रचनाहरुको अन्तरविश्वविद्यालय रुपमा सहज पहुँचका लागी सम्झौता भएको हो।

उपकुलपतिको कार्यालयमा आयोजित एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर भएको विद्यालयले जनाएको छ।

सम्झौता कार्यक्रममा बोल्दै विश्वविद्यालयका उपकुलपति प्रा.डा. सिंहले यस सम्झौता पश्चात नेपाली अनुसन्धानकर्ता, प्राध्यापक तथा विद्यार्थीहरुले आफुलाई अध्ययनका लागी आवश्यक पर्ने शोध पत्र एवं लेखररचनाहरु ज्ञान बजार अनलाईनको पोर्टल मार्फत सहजै निशुल्क रुपमा प्राप्त गरी प्रतक्ष्य लाभ लिन सकिने कुरा व्यक्त गरे।

तपाईको प्रतिक्रिया