५३ हजार बराबरकाे अवैध सामान बरामद

सुर्खेत । सुर्खेत प्रहरीले विभिन्न परिणाममा ५३ हजार आठ सय ६० रुपैयाँ बरारबरको बिल नभएका अवैध सामग्री बरामद गरेको छ । सुर्खेत भेरीगंगा नगरपालिका–५ बबईस्थित अस्थायी प्रहरी पोष्ट बबईबाट खटिएको पाँच जनाको प्रहरी टोलीले नेपालगञ्जबाट जाजरकोट तर्फ आउदै गरेको बा. ५ ख. ३६३५ न. को फोर्स गाडिलाई चेकजाँच गर्ने क्रममा बिल नभएको दुई क्वीन्टल चामल र गाडि धुने स्प्रे एक सय ४० पिस बरामद गरेको छ ।



तपाईको प्रतिक्रिया