प्रदेश अधिवेशनमा युवा सहभागिता र नेतृत्व – चुनौति र अवसर

नेपालमा वि.स. २००६ सालमा पुष्पलालले स्थापना गर्नुभएको कम्युनिष्ट पार्टि विभिन्न उतारचढाव, टुटफुट, एकता र सङ्घर्षबाट सिक्दै सिकाउदै देश र जनताप्रति उत्तरदायी बन्दै देशको नेतृत्व गर्न सफल भएको छ र अवसर पाएको बेला देश जनता र जनता लक्षित काम गरेको इतिहास छ।



यसै विचमा नेपालका कम्युनिष्ट पार्टिको विगत हेर्दा विभिन्न कम्युनिष्ट समुहहरु क. पुष्पालाल, क. तुलसीलाल, क. निर्मल लामाले नेतृत्व गरेको समुह हुदै को-अर्डिनेशन केन्द्रको विस्तार र एकता हुदै वि.स. २०३५ सालमा नेकपा माले स्थापना हुदा अधिकतम् नेता कार्यकर्ता युवा जोस जाँगर सहित कम्युनिष्ट आन्दोलनको नतृत्व गरिरहनु भएको थियो।

नेकपा माले नेपालको कम्युनिष्ट आन्दोलनको मुल प्रवाह हुदै गर्दा पाका, परिपक्क र अनुभवि नेता क.मनमोहन अधिकारीले नेतृत्व गरेको समुहको एकताबाट युवा र अनुभव भएका नेताको मिश्रण स्वरुप सहितको पार्टि नेकपा एमाले स्थापना भयो र देशको र कम्युनिष्ट आन्दोलनको मुल प्रवाह हुदै हालसम्म नेतृत्वदायी भुमिकामा छ।

आज पार्टिले मार्गदर्शक सिद्धान्तका रुपमा ग्रहण गरेको “जनताको बहुदलिय जनवाद” को प्रतिवादन गर्दै गर्दा क. मदन भण्डारी युवा जोस र जागरले भरिपुर्ण हुनुहुन्थ्यो र यसलाई सिद्धान्तको रुपमा सार्न सफल हुनुभयो।मैले भन्न खोजेको क. मनमोहनको परिपक्कता, अनुभव र क. मदनको युवा उर्जा, नविन विचारले नेकपा एमाले हाल सम्म पनि अजर र अमर छ।

युवा उमेर उर्जाले भरिपुर्ण अवस्था हो।मानिस जन्मेपछी यो अवस्था पार गर्नुपर्ने नियम हो। जोस जाँगरले शुशोषित युवा अन्य उमेर समुह भन्दा वढि नै चलायमान हुन्छन।देशको जनसङख्याको अनुपात हेर्दा पनि युवा समुह नै देश निर्माणको प्रमुख आधार स्तम्भ हो।

यो युवा पंति पुजी हो यो पुजी कसरी चलायमान गर्ने र समाजलाई कस्तो व्यवस्थामा धकेल्ने युवाकै हातमा छ।यसमा नेकपा एमालेले युवाहरुलाई महत्वपुर्ण शक्ति मानेको छ यसैका आधारमा नेकपा एमालेका अव प्रत्यक पालिका, जिल्ला, प्रदेश कमिटिमा उचित स्थान दिएर नै सङ्ठनमा जिम्मेवारी साथ पठाउने निर्णय गरेको छ।

यस्तै अहिले सातै प्रदेश कमिटिहरुको अधिवेशन चलिरहेको छ र धमाधम प्रतिनिधि छनौट गर्ने र प्रतिनिधि छनौट गर्दा अनिवार्य १०% प्रतिनिधि १६ देखी ४० वर्ष विचका युवा छनौट गर्ने निर्णय पार्टि केन्द्रित कमिटि र पार्टिको नेतृत्व युवा मैत्रि अध्यक्ष क. केपि शर्मा वलिले गरेपछि नेकपा एमाले युवामैत्रि र युवाको भावना बुझ्ने पार्टिका रुपमा चित्रण हुदै अहिले राजनैतिक बहसमा सकारात्मक रुपमा स्थापित भएको छ .

युवाहरु नेकपा एमाले प्रति आकर्षण हुने बढेको छ।यो निर्णय हुदै गर्दा अब बन्ने हरेक कमिटिमा युवाहरु अनिवार्य निर्वाचित हुने र हरेक निर्णय हुदा युवामैत्रि निर्णय हुने र भोलि युवाहरु पार्टिको नेतृत्व गर्ने ठाउँमा पुर्याउने दुरगामि निर्णय प्रति केन्द्रिय कमिटि र विशेष गरि युवा मैत्रि अध्यक्ष कमरेड केपि शर्मा वलि प्रति हार्दिक नमन।

अब रहयो जुन सुनिश्चितता युवाले कमिटिमा खोजिरहेका थियौ त्यो हामिले प्राप्त गरेका छौ।यो उमेर समुह भाग्यमानि उमेर समुह हो जसले सहजै पार्टिको निति निर्माण र नेतृत्व गर्दै राज्यको नेतृत्व गर्ने ठाँउमा पुग्ने छ।

जसरी युवाको बेगलाई विश्वास गरेर पार्टिले अनिवार्य उपस्थितिको निति अघि सार्यो अब यो उपस्थिति कस्तो हुने र यसले पार्टिमा कस्तो प्रभाव छोड्ने महत्वपुर्ण कुरा हो। यो युवाको निम्ति अवसर र चुनौति दुबै हो। पार्टिमा अहिले सम्म सामाजिक र राजनैतिक रुपमा परिपक्क अग्रज कमरेडहरुसँग काधमा काध हातमा हात मिलायर काम गर्नु पर्ने छ।

साथै हिजो सम्म युवा सहभागिता किन हुनु पर्ने थियो त्यसको पुष्टि आफ्नै नेतृत्वमा गर्ने विशिट अवसरका रुपमा युवालाई चुनौति प्राप्त भएको छ। युवाका मुद्दा, बहस, निर्णय गराउने र कार्यान्वयन गराउनु पर्ने हुदा चुनौति र अवसर हो।अग्रज कमरेडहरुको राजनौतिक समभागिता, त्याग, लगाव, बलिदानबाट सिकेका अनुभव र नेतृत्च कौशल सोझै युवाले प्राप्त गर्ने र सिक्ने छौ।

यो युवाको लागि ठुलो अवसर हो र यो अवसरलाई युवा साथिहरुले भरपुर प्रयोग गर्दै पार्टि निर्माण र राष्ट्र निर्माण गर्न महत्वपुर्ण नेतृत्वदायी भुमिका खेल्नु पर्ने छ। युबाहरुले देशका विभिन्न निकायमा नेतृत्व गर्दै क्षमता र योग्यता देखाइरहेकै छन।

एक्कासि पार्टि कमिटिमा पाका कमरेडहरु र युवाको समिश्रण त्यति सहज नबन्न सक्छ तर पनि वर्तमान समयको माग युवा नेतृत्व भएकोले अग्रज कमरेडहरको मन जितेरै पार्टि कमिटि युवाहरुको हातमा पुग्ने युवालाई विश्वास र पार्टिको निति रहेको बुझिएको छ।अहिले प्रतिनिधि जाने युवा र कमिटिमा निर्वाचित हुने युवाले युवाको सपना पुरा गर्ने छन र यी चुनौति पार गर्ने छन।

अब साच्चिकै युवा प्रयोग मात्र हैन अवसर लिने ठाँउमा अधिवेशनमा निर्वाचित भएरै पुग्नेछन। पार्टिमा भैरहेको प्रतिनिधि छनौट र सम्पन्न हुने अधिवेशनको पेलेटफर्म युवाहरुले भरपुर प्रयोग गर्ने छन।पार्टिको निति र समयको मागलाई युवा साथै अग्रज प्रतिनिधि कमरेडहरुले अधिवेशनमा देखाउनु हुनेछ। यो अधिवेशन युवा नेतृत्व स्थापनाका निम्ति ऐतिहासिक सावित हुने विश्वासका साथ प्रथम प्रदेश अधिवेशनहरु सफलताको शुभकामना।

(लेखक बि सी युवा प्रतिनिधि (वीरेन्द्रनगर नगरपालिका), प्रथम कर्णाली प्रदेश अधिवेशन, कर्णाली प्रदेश तथा सदस्य नेकपा एमाले जिल्ला कमिटि सुर्खेत, केन्द्रिय सदस्य निवर्तमान राष्ट्रिय युवा संघ नेपालका हुन् ।)

तपाईको प्रतिक्रिया