सुर्खेत । अनेरास्ववियु दैलेखको अध्यक्षमा झलक खड्का चयन भएका छन्। शुक्रबार भएको अनेरास्ववियुको १३ औ जिल्ला अधिवेशनबाट खड्का सर्बसम्मत चयन भएका हुन्।

उपाध्यक्षमा मनोज गुरुङ र शुन्दर शाही, सचिवमा पार्वती थापा सर्वसम्मत चयन भएका छन्।


यस्तै, सह–सचिवमा यामलाल न्यौपाने, हरि शाही, खगेन्द्र शाही र कोषध्यक्षमा रोशन थापा सर्वसम्मत निर्वाचित भएका छन्।
साथै २३ सदस्यीय कमिटी गठन गरिएको छ।

नेपाल कर्म । ५ आश्विन २०८०, शुक्रबार १८:४४