अनेरास्ववियु दैलेखको अध्यक्ष पदमा ई. झलक खड्का निर्विराेध चयन

दैलेख । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन दैलेखको १३ औँ अधिवेशनबाट अध्यक्ष पदमा ई. झलक खड्का सर्वसम्मत चयन भएका छन् । यसअघि नै अनेरास्ववियुको दैलेख अध्यक्षका लागि आफु बलियो उम्मेदवार भएको दाबी गरिसकेका खड्का नै अन्तत् अध्यक्ष पदमा निर्विराेध चयन भएका हुन् ।



खड्का अनेरास्ववियुको जिल्ला कमिटी दैलेखको १२ औँ अधिवेशनबाट कमिटीको सदस्यसमेत हुन्। दैलेख जिल्लाका अधिकाशं माध्यमिक विद्यालय कमिटी, क्याम्पस कमिटी र पालिका कमिटी बनाउँदै विद्यार्थीका मुद्दाहरु स्थापित गर्ने काममा सक्रिए भएर खटिएका थिए ।

को हुन् खड्का ?

झलक खड्का दुल्लु नगरपालिका–६ साविकको छिउडी पुसाकोट गाउँ विकास समिति २ मा जन्मिएका हुन्। उनले दुल्लुमै रहेको महेन्द्र जयदेवी माध्यामिक विद्यालयबाट एसएलसी पास गरेका थिए।

प्लस टु पनि दुल्लुमै रहेको विजया उच्च माध्यमिक विद्यालयबाट गरेका खड्का इन्जिनियर पनि हुन् । बीई सिभिल इन्जिनियर काठमाडैँबाट गरेका छन्। यो समयमा खड्काले सर्वेक्षण र सरकार अमिन सारथी नामक सिटिइभिटी र लोकसेवालाई टेवा पुर्याउने पुस्तक समेत लेखेका छन्।

विभिन्न विद्यालय तथा कलेजमा प्रशिक्षण दिएको अनुभवसमेत उनि सँग छ। खड्काले विभिन्न कम्पनिको मुख्य भूमिकामा रहेर काम समेत गरिरहेका छन्। खड्काको राजनीतिक यात्रा भने विद्यायर्थी कालदेखि नै सुरु गरेका हुन्। उनी २०७० सालबाट नेकपा एमालेको संगठित सदस्य छन्।

खड्काले अनेरास्ववियुमा प्लस टु पढ्दादेखि होमिएकाे बताउँछन् । त्यो समयबाट नै विद्यार्थी राजनीतिमा विभिन्न गतिविधी गरेको बताएका उनले भने, ‘काठमाडौँ स्थित त्रि.वि. इन्जिजियरिङ अध्ययन संस्थान अन्तरगतको कान्तिपुर इन्जिनियरिङ कलेजमा पढ्दा अनेरास्ववियु कान्तिपूर कलेज कमिटीको कमिटेटहुँदै सोही क्याम्पसको एक कार्यकाल उपाध्यक्ष र एक कार्यकाल अध्यक्ष भएर काम गरेको छु। क्याम्पसमा रहदा विद्यार्थीका हकहितमा विभिन्न कार्यक्रम पनि सञ्चालन गरेको थिएँ।’

खड्कासँग उक्त समयमा अध्यक्षहुँदा अनेरास्ववियु सान राष्ट्रिय कमिटीको सम्मेलनबाट सदस्य भई सानमा पनि काम गरेको अनुभव रहेको छ।

तपाईको प्रतिक्रिया