सुर्खेत । शुक्रबार वीरेन्द्रनगरको घुर्सादेखि तिलपुरसम्मको विद्युत सेवा अवरुद्ध हुने भएको छ। भोलि असोज ५ गते पिपिरा फिडर अन्तर्गतको उक्त विद्युत बन्द हुने भएको हो।
पिपिरा फिडर अन्तर्गत घुर्सादेखि रहलपुर, अलाचौरहुँदै तिलपुरसम्म विद्युतसेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण सुर्खेतले जनाएको छ।

उक्त क्षेत्रमा बुस कटिङ्ग कार्य हुने भएकाले बिहान १० बजेदेखि साझा ६ बजेसम्म विद्युत सेवा बन्द हुने छ।


नेपाल कर्म । ४ आश्विन २०८०, बिहीबार २१:५७