सल्यान हत्या प्रकरणकाे खुल्याे रहस्य : आमा-छाेरीकाे हत्यारा नै पूर्वप्रेमी

सुर्खेत । सल्यानमा आमा छोरीको जलाएर विभत्स हत्यामा संलग्न एक जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । उक्त घटनामा संलग्न सल्यानको सिद्धकुमाख गाउँपालिका–२, खानिगाउँ स्थायी ठेगाना भएका २८ वर्षिय कर्णबहादुर बस्नेतलाई प्रहरीले दुई दिनपछि सार्वजनिक गरेको हो ।



प्रहरीले बुधबार उनलाई सिद्धकुमाख गाउँपालिका–३, ढोरचौरबाट प्रक्राउ गरेको भएपनि विहिबार मात्रै सार्वजनिक गरेको हो । गत भदौं ३० गते राति जिल्लाको त्रिवेणी गाउँपालिका–२, काँरागिठीमा आमा छोरीको शव जलेको अवस्थामा फेला परेको थियो ।

जिल्ला त्रिवेणी गाउँपालिका वडा नम्बर–२, झालेढुंगास्थित थापा टोल बस्ने सुकलाल थापाको टिनले छाएको एक तले कच्ची घरमा थापाकी श्रीमती बर्ष २९ कि रेवती थापा र उनकी छोरी ९ महिना कि रितु थापा सुतेका थिए ।

विहान अबेरसम्म आमा छोरी नउठेपछि छिमेकीले ढोका खोलेर हेर्र्दा जलेको अवस्थामा मृत भेटिएपछि ईलाका प्रहरी कार्यालय लुहाम सल्यानमा खबर गरेका थिए । स्थानीयको खबरपछि ईलाका प्रहरी कार्यालय लुहाम र प्रहरी चौकी काभ्राबाट प्रहरी निरीक्षक रेशमलाल पौडेलको कमाण्डमा सात जना प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

स्थानीयले ग्यास चुहावट हुँदा आगो लागेको हुनसक्ने अनुमान गरे पनि घटनाको प्रकृति अनुसार प्रहरीले हत्या भएको हुनसक्ने निष्कर्ष निकाल्दै सुक्ष्म अनुसन्धान थालेको थियो ।

घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी नायव उपरीक्षक नवीन कार्की तथा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी वरिष्ठ नायव निरीक्षक नारायणप्रसाद शर्माको कमाण्डमा दुई जनाको बिशेष अनुसन्धान टोली घटनास्थलमा खटिएर अनुसन्धान सुरु गरेको थियो ।

प्रहरीले अनुसन्धानका लागि केनाईन शाखाबाट प्रहरी नायव निरीक्षक विष्णु पौडेलको कमाण्डमा तालिम प्राप्त कुकुरसहितको टोलीसमेत घटनास्थल खटाएर सुक्ष्म अनुसन्धान गरेको थियो ।
घटना घटेकै दिन प्रहरीले रेवतीको मोवाइलबाट सुराक पत्ता लगाएर बस्नेतमाथी निगरानी सुरु गरेको थियो । निज बस्नेत संकास्पद देखिएपछि बुधबार उनलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको थियो ।

प्रहरीले उक्त अनुसन्धान पश्चात घटनास्थलको लाश जाँच मुचुल्का समेतको अनुसन्धान गरी शव परिक्षणका लागि भेरी अञ्चल अस्पताल बाँके पठाई शव परिक्षण पश्चात सदगदको लागि परिवारको जिम्मा लगाएको थियो ।

पुरानो रिस साध्न हत्या गरेको स्वीकार

घटना घटे लगत्तै प्रहरीले रेवतीले प्रयोग गरेको मोवाइलबाट केही सुराक पत्ता लगाईसकेको थियो । अभियुक्त कर्र्णबहादुर बस्नेतले मृतक रेवती थापासँग पुरानो रिस साध्नलाई विभत्स हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

अभियुक्त कर्णबहादुरको मृतक रेवती थापासँग झण्डै सात बर्ष अघि फेसबुकमार्फत चिनजान भएको भएर कुराकानी हुँदै जाँदा गहिरो प्रेम सम्बन्ध रहेको प्रहरी अनुसन्धाले देखाएको छ ।

उनीहरु बिचको निरन्तर प्रेम सम्बन्ध पछि पटक–पटक शारीरिक सम्बन्धसमेत स्थापित भई दुवै बिच विवाह गर्नेसम्मको कुरा भएको अभियुक्तले स्वीकारेका छन् । यति मात्रै होइन उनीहरु बिच हुने शारीरिक सम्बन्धको क्रममा सहमतिमा अश्लील तस्वीर र भिडियोसमेत लिएको अनुसन्धानबाट खुलेको छ ।

उनीहरु बिच प्रेम सम्बन्ध चलिरहेकै बखत अभियुक्त कर्णबहादुर वैदेशिक रोजगारीकोे सिलसिलामा सन् २०१८ मा दुबई उडेका थिए । उनी दुवईमा रहदा रेवतीले त्रिवेणी सोही ठाउँका सुकलाल थापासँग विवाह गरेको थिइन । सोही विषयलाई कर्णबहादुरले धोका र इगोको रुपमा लिएपछि घटना घटेको प्रहरी अनुन्धानमा उल्लेख छ ।

कर्णबहादुर विवाहित भएपनि रेवतीसँग दोस्रो विवाह गर्ने सहमति भएको भन्ने बयान अभियुक्तले दिएका छन् । रेवतीले विवाह गरे पनि करिब दुई बर्ष अगाडि कर्ण बहादुरसँग विभिन्न माध्यमबाट प्रयोग गरी पुनः सम्बन्ध स्थापित भएको देखिन्छ ।

पुरानो इगो र शारीरिक सम्बन्धको क्रममा सहमतिमा लिइएका अश्लील तस्वीर र भिडियोको बिषयमा रेवती र कर्णबहादुर बिच ठुलो मनमुटाव सुरु भएको देखिन्छ । सो फोटो र भिडियोकै कारण रेवतीको पतिसँग समेत ठुलो झगडा भई सम्बन्धमा केही समय समस्या आएको अनुसन्धानबाट खुलेको छ ।

पछि सोही विषय बढ्दै जाँदा करिव ८ महिना अगाडिबाट कर्ण बहादुरले दुवईमै रहेको समयमा नेपाल फर्कनासाथ हत्या गर्ने योजना मुताविक करिव चार महिना अघि हत्या गर्नकै लागि विदासमेत मागेको तर विदा नपाएको स्वीकारेका छन् । हत्या योजनासहित भादौं २६ गते दुबईबाट नेपाल आएका कर्णबहादुरले भदौं २९ गते राति हत्या गरेको स्वीकारेका छन् ।

अभियुक्त कर्णबहादु विगत १० वर्षदेखि वैदेशिक रोजगारीका क्रममा मलेशिया, दुवै र भारमा बस्दै आएका थिए ।

हत्यापछि पेट्रोल छर्केर आगो

हत्याको योजना बनाएर २६ भदौंमा काठमाडौंबाट सल्यान शिद्धकुमाख–२, खानीगाउँस्थित आफ्नै घरमा दुई बसेका कर्णबहादुर २९ भदौंमा स्थानीय श्रीनगर बजारसम्म गाडिमा आई पेट्रोल र सलाई खरिद गरेर मृतक रेवतीको गाउँ पुगेका थिए ।

साँझमै उक्त गाउँ पुगेपनि केही समय जंगलमा बसेर कर्णबहादुर रातको ९ ः ५० बजे मृतक रेवतीको घरभित्र पसी सुरुमां घाँटीमा कपडाले कसेर लढाएको स्वीकार गरेका छन् । त्यस पश्चात विभत्स तवरबाट शरिरमा पेट्रोल छर्की आगो लगाएपछि रेवती र ओछ्यानमा सुतिरहेकी नौ महिनाकी छोरी रितुलाई जलाएर विभत्स हत्या गरेको कर्णबहादुरले स्वीकार गरेको छ ।

घटना घटाएपछि नजिकै कसैको घरमा बासबसी विहान सबेरै ३÷४ बजेको समयमा त्यहाँबाट आफ्नो घर शिद्धकुमाख ३ तर्फ फर्केको फर्केको प्रहरीको विस्तृत अनुसन्धानले देखाएको थियो ।

तपाईको प्रतिक्रिया